माओवादीको आक्रमणमा परी भारतीय विषेश सुरक्षा टोलीका १६ को मृत्यु

१८ बैशाख २०७६, बुधबार २२:४५ मा प्रकाशित

मुम्बइ, १८ वैशाख (एएफपी) । भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनको घटनामा परी बुधबार मात्रै कम्तीमा १६ जना मारिएका छन् ।

विषेश सुरक्षा टोलीमा रहेका १५ जना र एक जना चालकको सो घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

दशकौँदेखि भारतमा भइरहेको माओवादी द्वन्द्वका कारणले भएका घटनामध्ये बुधबारको घटना पनि ठूलो घटना मानिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

सन् १९६० को दशकदेखि शुरु भएको माओवादी द्वन्द्वका क्रममा भारतमा अहिलेसम्म दशौँ हजारको मृत्यु भइसकेको छ ।

चिनियाँ नेता माओत्से तुङबाट प्रभावित भएका विद्रोही र सुरक्षाकर्मीबीच भारतमा लामो समयदेखि भिडन्त र आक्रमणका घटना हुँदै आएका छन् ।

भारतको महाराष्ट्र राज्यमा माओवादी विद्रोहीले नै केही सवारी साधनमा आक्रमण गरेको सूचनाका आधारमा त्यसतर्फ जाँदै गर्दा उनीहरुले सुरक्षाकर्मीकै गाडीमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

महाराष्ट्रको गढचिरौलीमा घटना भएको हो । सो क्षेत्र माओवादी अतिप्रभावित क्षेत्र मानिन्छ ।

त्यस बाहेक विषेश गरेर भारतका झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, विहार, छत्तीसगढ, उत्तर प्रदेश, कर्नाटकलगायतका क्षेत्रमा पनि माओवादीको धेरै प्रभाव रहेको छ ।

भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी विद्रोहलाई पनि लिइन्छ भने उनीहरु सङ्गठित भएर पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिँदै गएको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका

दोहा । अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त