आज रक्षा बन्धन

१८ श्रावण २०६९, बिहीबार ०८:३७ मा प्रकाशित


काठमाडौं, १८ साउन । हिन्दू धर्मावलम्बीहरुले आज रक्षा बन्धन तथा जनै पूर्णिमा पर्व मनाउंदै छन् । साथै तागाधारीहरुले आज नयाँ जनै ग्रहण गर्छन् । पुरोहितद्वारा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गरिएको डोरो पुरुषले दाहिने हातमा र महिलाले देब्रेमा बांध्ने परम्परा छ । यस पर्वमा सप्तऋषिहरु कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्ववामित्रलाई तर्पण पनि दिइने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ ।
नेवार समुदायमा भने गुन्हु पुन्ही भनेर मास, भटमास, मुग, ठूलो केराउ, सानो केराउ, चना, सिमी र बोडी नौ प्रकारका गेडागुडी मिसाइ पकाएको क्वाटी खाने चलन छ । काठमाडौं उपत्यकामा किसानहरु आ–आफ्ना खेतमा गएर भ्यागुताको पूजा गर्ने भएकाले उनीहरु यस पर्वलाई ‘ब्याँ जाः नकेगु पनि भन्ने गर्दछन् ।
आज गोसाईंकुण्ड, मणिजूड दह र ललितपुरको कुम्भेश्वर लगायत देशभरका मठ, मन्दिर र कुण्डहरुमा मेला लाग्ने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ