शक्ति केन्द्रको आडमा श्रमिकमाथिको शोषण सहन सकिँदैन : मन्त्री विष्ट

१८ बैशाख २०७६, बुधबार १८:२२ मा प्रकाशित

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रमिकमाथि हुने शोषण सहन नसकिने बताएका छन् । १३० औँ मजदुर दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री विष्टले शक्ति केन्द्रको आडमा श्रमिकमाथिको शोषण सहन नसकिने भन्दै शोषण गर्नेहरूका संरक्षकलाई पनि नछाड्ने चेतावनी दिए ।

‘चाहे देशभित्र काम गर्ने या विदेशमा काम गर्नेको सन्दर्भमा कुनै बहानामा शक्तिकेन्द्रको आडमा शोषण गर्ने कुरालाई सहने छैन’, उनले भने, ‘श्रमिकमाथि कुनै पनि प्रकारका शोषणहरूको अन्त्य गरिनेछ । श्रमिकपक्षीय समाज निर्माण गर्ने गरी सरकार अघि बढेको छ ।’

मन्त्री विष्टले श्रमिकहरूका पनि सुनौला दिनहरू उदाएको दाबी पनि गरे । सरकारले यही आर्थिक वर्षमा ५० हजार भन्दा धेरै जनशक्तिलाई नेपालमै रोजगारी दिने गरी काम गरिरहेको उनको भनाई छ । मन्त्री विष्टले भने, ‘आगामी बजेटमा थप ९० हजार जनशक्तिलाई रोजगारी दिने गरी बजेटमा व्यवस्था गरेको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१