श्रमिकको अधिकार स्थापितका लागि सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

१८ बैशाख २०७६, बुधबार १८:०२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरका दुःख सकिएको दाबी गरेका छन् । १३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियले आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले श्रमिकको अधिकारका स्थापितका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

श्रमिकको अधिकार लागि ल्याइएका श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । मजदुर सर्वोपरी हुन्,’ उनले भने, ‘मजदुर प्रशन्न भएर काम गर्न पाउनुपर्छ ।’ श्रमिक खुसी भएमात्रै ‘सुखी नेपाली र समृद्ध नेपाल’ अभियान सार्थक हुने उनको भनाइ छ ।

सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी बनाउन तथा बैंकमार्फत भुक्तानी दिने व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्रीले सबै रोजगारदातालाई आह्वान गरेका छन् । सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सम्झौताबाट मात्रै देश अघि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को