श्रममन्त्रीले आँखै अगाडीको बालश्रम देखेनन्

१८ बैशाख २०७६, बुधबार १७:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १८ बैशाख । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज १३०औँ अन्तराष्ट्रिय मजदुर दिवस मनायो । दिवसका अवसरमा प्रधानमन्त्री सहितका उच्च व्यक्तित्वहरुले निकै महत्कांक्षी भाषण गरे । गरिबी उन्मुलनदेखी श्रमीकलाई पसिनाको मूल्य दिलाउन सरकारले जस्तोसुकै कदम पनि चाल्ने ध्वास दिए ।

तर श्रममन्त्री कार्यक्रमको कक्षमा प्रवेश गर्नै लाग्दा एकजना बालक टाउकोमा पानीको काटुन बोकेर सँगै उभिएका थिए । सुटबुटमा सजिएर कार्यक्रमा आएका मन्त्री गोकर्ण विष्टले छेवैमा पानी बोकेर उभिएका बालकलाई देखेनन् ।

नेपालको श्रम ऐन २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरमा शारिरिक श्रम लगाउन पाईदैन । कानुनतः यो दण्डनीय हुन्छ । तर मन्त्रीको छेवैमा शरीरले समेत थाम्न नसक्ने भारी बोकेर उभिएका बालकलाई मन्त्रीले नदेख्नु लाजमर्दो विषय हो भन्दै सामाजिक सञ्जालमा मन्त्री विष्टको निकै आलोचना सुरु भएको छ ।

अन्दाजी १० वर्षका जस्तो देखिने यी बालकलाई आयोजकले पानी बोक्न भने लगाएको होईन । उनी आफैँ पानी बेच्न आएको प्रत्यक्षदर्शीहरुको भनाई छ । मन्त्रीले देखेर पनि नदेखे जस्तो गर्नु दुखद भएको उनीहरुको बुझाई छ ।

तस्बिरः सामाजिक सञ्जाल

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत