बालुवाटार प्रकरणमा प्रधानमन्त्रीले आफ्ना मान्छे जोगाउन खोजेः निधि

१८ बैशाख २०७६, बुधबार १६:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १८ बैशाख । नेपाली काङ्ग्रेसका उपसभापति विमेलेन्द्र निधिले बालुवाटार जग्गा प्रकरणमा विपक्षीलाई देखाएर प्रधानमन्त्रीले आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप लगाएका छन् । काङग्रेस सभापति शेरबहादुर देउवाको नाम पनि उक्त जग्गा प्रकरणमा जोडिएपछि उपसभापति निधिले प्रधानमन्त्रीले झुठो प्रचार गरिरहेको आरोप लगाए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा निधिले ३३ किलो सुन काण्ड, निर्मला प्रकरण लगायतका घटनाको छिनोफानो गर्न नसकेका प्रधानमन्त्रीले ललिता निवास प्रकरणमा पनि ‘फलानो पार्टीको बेलामा यस्तो भएको रहेछ’ भन्दै आफ्ना मानिस जोगाउन खाजेको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष कांग्रेस नेतृत्वको सरकारले ल्याएको भएपनि प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले यो कार्यक्रम सुरु गरेको भनेर झुठो प्रचार गरेको निधिको भनाई छ ।

नेता निधिले प्रधानमन्त्रीलाई “प्रधानमन्त्रीज्यू सबै कुरा उत्पादन गर्नुहोला । तर, बुद्धिजीवी थला बसाल्ने अरिङ्गाल उत्पादन नगर्नूस्” समेत भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

आजको प्रमुख समाचार