‘ग्रीनहाउस’ मा सरे उपराष्ट्रपति पुन

१८ बैशाख २०७६, बुधबार १५:४५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १८ बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन बुधबारदेखि नयाँ निवासमा सरेका छन् । उनी हाल बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ग्रीनहाउसमा सरेका हुन् ।

उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नयाँ भवनमा सरेका हुन् । गत वर्ष भदौ २१ गतेको बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

त्यसपछि वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीनहाउस’नामाकरण गरिएको छ उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्नेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट