प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता प्रभातफेरी

१८ बैशाख २०७६, बुधबार ११:४४ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता प्रभातफेरी’ को आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको प्रभातफेरी बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सोही अवसरममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरूङलागतयले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्नुभयो । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुनःसंरचना गर्दै पत्रकारहरुको न्यनूतम पारिश्रमिक पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्