उद्योग बाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षद्धारा मजदुर दिवसको शुभकामना

१८ बैशाख २०७६, बुधबार १२:०५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १८ बैशाख । व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले अन्तराष्ट्रिय मजुदर दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन। महासंघ अध्यक्ष भवानी राणा र महासंघको रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले नेपालको दीगो आर्थिक विकास र औद्योगिक शान्तिको लक्ष्य प्राप्तिका लागि यो दिवसले सबैलाई थप उत्प्रेरित गर्ने विश्वास गर्दै शुभकामना व्यक्त गरेका छन।

ुश्रम र पूँजीको उच्चतम परिचालनबाट मात्र अपेक्षा गरेको समृद्ध नेपाल सुखी नेपालीको नाराले मूर्तरूप लिन सक्दछ भन्ने वास्तविकतालाई मनन गरी थप समझदारी र सहयोगका साथ काम गर्नु पर्ने कुरामा जोड दिन चाहान्छुु अध्यक्ष राणाको शुभकामना संदेशमा उल्लेख छ।

त्यस्तै उपाध्यक्ष तथा रोजगार परिषदका सभापति ढकालले दैनिक जसो ठूलो संख्यामा यूवाजन शक्ति रोजगारीको लागि विदेशिन परिरहेको अवस्थामा मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौती आफुहरुमाझ रहेको भन्दै उद्योगको विस्तार र लगानी वृद्धि गर्न आवश्यक अनुकूल वातावरण बनाउन रोजगारदाता र ट्रेड यूनियन बीच थप समझदारी र सहकार्यले विशेष महत्व राखे बताएका छन।

आपसी छलफल र संवादका माध्यमबाट श्रम सम्बन्धी समस्याको समाधान गर्दै दीगो औद्योगिक शान्ति स्थापना गर्न बल पुग्ने विश्वास ढकालले व्यक्त गरेका छन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार