नेपाली सेनाको कमाण्ड राणाको हातमा आउने निश्चित

१८ श्रावण २०६९, बिहीबार ०८:२५ मा प्रकाशित

काठमाडौं, १८ साउन । नेपाली सेनका बलाधिकृत रथी गौरवशमशेर जबरालाई सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सुम्पिने भएको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङले आगामी २४ भदौदेखि तीनबर्षे कार्यकाल पूरा गरी आवकास पाउने भएपछि सरकारले वरिष्ठ रथी राणालाई आगामी २६ गतेदेखि कामु प्रधानसेनापति दिने निर्णय गरेको हो । मन्त्रीपरिषदको बुधबार सांझ बसेको बैठकले नेपाली सेनाको भावी प्रधानसेनापतिका लागि बाटो खुला गरिदिएको हो । नेपाली सेनाको परम्पराअनुसार २६ साउनदेखि प्रधानसेनापति बिदामा बस्दैछन् ।
आगामी ७ मंसिरमा निर्वाचन हुन नसक्ने भनी निर्वाचन आयोगले लेखेको पत्रका विषयमा मन्त्रीपरिषद बैठकले गम्भीर लामो छलफल गरेको छ । तर उक्त बैठकको रोचक पक्षचाहिं के रह्यो भने कुनै हालतमा उक्त तिथिमा चुनाव हुन नसक्ने निश्चित भइसक्दा पनि प्रधानमन्त्री स्वयम्ले अझै पनि दलहरुलाई मनाएर मंसिर ७ मै निर्वाचन गर्न प्रयास गरिने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त प्रस्ताव असम्भव हुने बुझेका केही मन्त्रीले चुनावको तिथि सार्नुपर्ने तर्क गरेपछि अन्य राजनीतिक दलहरुसंग वार्ता गरी सहमतिमा निर्वाचनको मिति तय गरिने निर्णयमा मन्त्रीपरिषद बैठक पुगेको थियो ।
सरकारले सहमतिका आधारमा निर्वाचनको मिति तय गर्न अन्य दलहरुसंग छलफलका लागि उपप्रधानमन्त्री विजय गच्छदारको संयोजकत्वमा मन्त्रीद्वय पोष्टबहादुर बोगटी र चन्द्रदेव जोशी सदस्य रहेको तीन सदस्यीय वार्ताटोली गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका