एनआरएनए अमेरिका विरुद्ध कारण देखाउ आदेश, आसन्न निर्वाचन अन्यौलमा

१८ बैशाख २०७६, बुधबार ००:५२ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस-एन्जलस, १८ वैशाख । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचन रोकी पाउ भनि संघका पुर्व उपाध्यक्ष रबिना थापाले टेनेसी अदालतमा शुक्रबार दायर गर्नु भएको मुद्धाको सुनुवाइको क्रममा सात दिन भित्र कारण सहित उपस्थित हुन अन्तरिम आदेश जारी भएको छ । पहिलो र दोस्रो पटक दायर भएको मुद्धा सुनुवाइको क्रममा रहेको अवस्थमा गत साता अप्रिल २६ तारिख शुक्रबार आसन्न निर्वाचन रोकी पाउ भनि पुन दायर गरिएको मुद्धामा टेनेसी अदालतले एनआरएनए अमेरिकालाई सात दिन भित्र कारण सहित उपस्थित हुन अन्तरिम आदेश जारी गरेको हो । यस अघि पनि संघका पुर्व उपाध्यक्ष रबिना थापाले संघको अघिल्लो कार्यकाल अन्तर्गत भएको निर्वाचनमा भएको अनियमितता र संघको साधारण सदस्य बन्ने प्रक्रिया विरुद्ध असहमति जनाउदै टेनेसी अदालतमा दुई फरक फरक मुद्धा दायर गर्नु भएको थियो ।
विवाद, कलह र मुद्धामा निरन्तर फस्दै आएको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिका विरुद्धको यसपटकको मुद्धामा कारण देखाउ आदेश जारी भए लगत्तै संघको आसन्न निर्वाचन अन्यौलमा परेको छ भने अमेरिकास्थित नेपाली समुदाय पुन: एक पटक विभाजित बन्दै विवादमा फसेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

आजको प्रमुख समाचार