जापानी राजा आकिहितोद्वारा गद्दीत्याग ‘हेइसी’ युगको अन्त्य

१७ बैशाख २०७६, मंगलवार २३:१३ मा प्रकाशित

टोक्यो, १७ बैशाख (एएफपी)। जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग्नु भएको छ । यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ ।

तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको छ । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो ।
गद्दीत्याग गर्ने क्रम जापानी राजा आकिहितोले जापान र विश्वका सवै जनताको शान्ति र खुशीको कामना गर्नु भएको छ ।

मे १ अर्थात भोलीबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ । मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदैछ । यसैसँर्गै जापानमा नयाँ युगको नाम ‘रेईवा’ शुरु हुने भएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।

पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउनु भएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या