साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

१७ बैशाख २०७६, मंगलवार २२:५९ मा प्रकाशित

काठमाडौँ, १७ वैशाख । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौँमा हुनेछ । बैठकले यस वर्षका लागि उमेर समूहका तीन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा आयोजना गर्ने र महिलाको साफ यु–१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बङ्गलादेश मध्ये एक देशलाई दिने निर्णय भएको छ ।

महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने कार्यतालिकामा समावेश छ । नयाँ नेतृत्वको चयनसँगै साफको पहिलो साधारणसभाको बैठक काठमाडौँमा बसेको हो । यसअघि साधारणसभा श्रीलङ्काको कोलम्बोमा बस्ने तय भएको थियो । तर कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि बैठक काठमाडौँमा सारिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले

आजको प्रमुख समाचार