बालुवाटार जग्गा प्रकरणका भूमाफियालाई कारवाही गर: काँग्रेस

१७ बैशाख २०७६, मंगलवार २२:४५ मा प्रकाशित

काठमाडौँ, १७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा गम्भीर छानबीनका साथ मोलाहिजाबेगर दोषीमाथि कारवाहीको माग दोहोर्याएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सो प्रकरणको गहिरो छानबीन गरी दोषीलाई दण्डित गरिनुपनेमा जोड दिनुभएको छ ।

“बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भइसकेको छ । दोषीलाई जोगाउने ढङ्गले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढङ्गले गरिने कर्म र प्रचारप्रति सजगताका लागि काङ्ग्रेस सबैमा अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारवाहीका लागि नागरिकको सजगता, सञ्चारमाध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीको इमानदारीसँगै प्रतिपक्षको दवाव र सरकारको इमान्दार विवेक यतिबेला परीक्षाको कसीमा रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई