मधेशीको समस्या समाधान हुने गरी आयोगले काम गर्छ : डा दत्त

१७ बैशाख २०७६, मंगलवार २२:३८ मा प्रकाशित

लहान, १७ वैशाख । मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले मधेसी समुदायको समस्या समाधान हुने गरी आयोगले काम गर्ने बताउनुभएको छ ।

मधेशी आयोगद्वारा आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष डा दत्तले मधेसी समुदायको अधिकारका लागि आयोगले काम गर्ने बताउनुभयो । मधेसी समुदायको पहिचान र स्वाभिमान बढाउने गरी काम गर्ने र राज्यका हरेक तहमा उचित सहभागिता पाउने वातावरण बनाउन आयोग लागिपर्ने उहाँले बताउनुभयो ।

मधेसीको पहिचान दिलाउनका लागि आयोगले व्यवस्थित रुपमा कामकाज गर्ने उल्लेख गर्नुहुँदे अध्यक्ष दत्तले मधेसका जिल्लाको विकास निर्माण तथा अन्य विषयमा पनि सरकारलाई उचित राय तथा सुझाव पनि दिने बताउनुभयो । मधेश आयोग स्थापनासँगै ऐन, कानूनको मस्यौदा तयार गरी प्रदेश आयोगको कार्यालय स्थापनाको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस