काङ्ग्रेसले बालुवाटार जग्गा प्रकरणलाई मूल मुद्दा बनाउने

१७ बैशाख २०७६, मंगलवार १८:४६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ बैशाख । प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणलाई मूल मुद्दा बनाउने भएको छ । बुधबार प्रेस नोट जारी गर्दै काङ्ग्रेसले बालुवाटारको जग्गा लगायतका विषयमा ‘आवाज घनीभूत बनाइने’ जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा कांग्रेसको वैशाख २५ गतेदेखि सुरु हुने ‘राष्ट्रिय जागरण अभियान’मा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज निकाल्ने जनाईएको छ । प्रेस नोटमा ‘बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, को संलग्न थिए र छन् भन्ने विवरण तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको’ दाबी समेत गरिएको छ । प्रेस नोटमा दोषीलाई जोगाउने, ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारप्रति सजग हुन आग्रह गरिएको छ ।

बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत मुछिएको विषय सार्वजनिक भईसकेको छ । २०२१ सालमै सरकारले अधिग्रहण गरेको ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाम फिर्ता भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।