निर्मलाको हत्यारा पत्ता नलाग्नुमा गैरसरकारी संस्थाको हात रहेको प्रधानमन्त्रीको आरोप

१७ बैशाख २०७६, मंगलवार १८:३१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गैरसरकारी संस्थाहरुले चलखेल गरेको आरोप लगाएका छन् । नेकपाको संसदीय दलको बैठकमा ओलीले राजनीतिक र गैरसरकारी संस्थाका कारण दोषी पत्ता लागाउन समस्या भएको आरोप लगाए ।

‘घटना लगत्तै राजनीतिक दल र गैर सरकारी संस्था मैदानमा उत्रिए, निष्पक्ष ढंगले छानविन हुन पाएन’ उनले भने । प्रधानमन्त्री ओलीले निर्मलाका परिवारलाई समेत मानसिक तनाव दिईएको आरोप लगाए । ‘एक त छोरी मरेको छ । अर्कोतिर छेकेर, घेरेर, थुनेर, अनसन बसाएर मानसिक सन्तुलन गुम्ने अवस्थामा राखेर राजनीतिक खेलौना बनाइयो’ ओलीले भने ।

ओलीले निर्मलाको बलात्कारी पत्ता लगाएरै छोड्ने दाबी पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको