रोजगारदाताले श्रमीकलाई न्युनतम पारिश्रमीक नदिएको ट्रेड युनियनको आरोप

१७ बैशाख २०७६, मंगलवार १६:३८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ बैशाख । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले निजी क्षेत्रका रोजगार दाताले न्यूनतम पारिश्रमीक लागु नगरेको जनाएको छ । सरकारले सामाजिक सुरक्षा नियमावली अनुरुप न्यूनतम पारिश्रमिक अनिवार्य गराएपनि रोजारदाताले व्यवहारमा नल्याएको जिफन्टले जनाएको छ ।

जिफन्टले कानुन कार्यान्वयन अवस्थासम्बन्धि सर्वेक्षणमा २०७४ सार्वजनिक गर्दै २७ दशमलव १२ प्रतिशत उद्योग–प्रतिष्ठानले न्यूनतम पारिश्रमिक लागू नगरेको जनाएको छ । जिफन्टले विभिन्न ११ विषयमा ७९ वटा उद्योग–प्रतिष्ठानको श्रम अडिट प्रतिवेदनमा सर्वेक्षण गरेको थियो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले ३० दशमलव ५१ प्रतिशत प्रतिष्ठानले सञ्चयकोषको व्यवस्था नगरेको जानकारी दिए । सर्वेक्षण अनुसार ५४ प्रतिशत प्रतिष्ठानले कानुनमा उल्लेख भए बमोजिमको उपादान दिएका छैनन् ।

श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५ मा प्रत्येक श्रमिकलाई सञ्चयकोष तथा उपादान दिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।