ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यपछि कैलालीको लम्की तनावग्रस्त

१७ बैशाख २०७६, मंगलवार १५:२२ मा प्रकाशित

कैलाली, बैशाख १७ । ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि कैलालीको लम्की तनाबग्रस्त बनेको छ । लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको ना ७ ख ९२३३ नं को ट्रकको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको प्रदर्शनले उग्ररुप लिएको हो ।

स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएका छन । प्रदर्शनकारीतर्फ कति जना घाइते भए भन्ने एकिन भएको छैन ।

घाइतेहरुको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ । कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार घाइतेको अवस्था मध्यम खालको छ ।

प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, सहायक प्रहरी हवल्दार प्रेमसिं धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरीलगायत घाइते भएका हुन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीरीले लाठिचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर