विष्णु पौडेलको बचाउ गर्दै ओलीले भने, ‘पार्टीलाई कमजोर बनाउन महासचिवमाथि प्रहार’

१७ बैशाख २०७६, मंगलवार १५:०९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ बैशाख । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपाको संसदीय दलको बैठकमा मंगलबार ओलीले बालुवाटार जग्गाका विषयमा पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि प्रहार भएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले भने उनको बचाए गरेका हुन् । ‘पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन । राजाको शासनको बेला । निरंकुशता भएको बेला किन्नुभएको हो,’ ओलीले भने ।

‘पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण गरिएको हो,’ अध्यक्ष ओलीले भने, ‘महासचिवलाई लान्छना लगाउने काम भयो ।’ सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन