५० अर्बको बजेट ल्याउँदै ३ नम्बर प्रदेश सरकार

१७ बैशाख २०७६, मंगलवार १३:२९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ बैशाख । ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी सुरु गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगले ५० अर्बको बजेट ल्याउने तयारी गरेका छन् ।

प्रदेश ३ ले चालु आर्थिक वर्षमा जम्मा ३० प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आगामी वर्षको बजेट भने पोजेक्ट बैंकमार्फत ल्याउने प्रदेशको तयारी छ ।

मन्त्रालयले समयदेखि सचिव नभएका कारण धेरै काममा समस्या परेको जनाएको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले संघीय सरकारले सविच नपठाउदा काम गर्न समस्या भएको बताए ।

ढुंगा, गिटी र बालुवाको सबै कर स्थानीय तहले मात्र लिने निर्णय भएपछि प्रदेशको आर्थिक स्रोत घट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार