नेताको सम्पत्तिमाथि थप सात दिन उजुरी गर्न सकिने

१७ श्रावण २०६९, बुधबार २२:२१ मा प्रकाशित


काठमाडौं, १७ साउन । नेताहरुको सम्पत्ति छानबिन गर्न पार्टीले नै छानबिन आयोग गठन गरेपछि एकीकृत नेकपा माओवादीकै कार्यकर्ताहरुबाट रातारात नबधनाड्यका रुपमा देखापरेका नेताहरुविरुद्ध उजुरीको खात लगाएको बुझिएको छ । यसरी उजुरी आउने क्रम बढेपछि एमाओवादी नेताहरुको सम्पत्ति छानवीन गर्न बनेको आयोगले नेताहरुको सम्पत्तिमाथि उजुरी गर्ने समय एक हप्ता थप गरेको छ । बुधवारसम्म उजुरी गर्न पाउने समय भएपनि उजुरी आउने क्रम जारी रहेकाले अर्को एक हप्ता थप गरिएको आयोग सुत्रले जानकारी दिएको छ । माओवादी नेताहरुले आर्थिक अनियमितता गरेको भनेर पार्टीका कार्यकर्ताले नै विरोध गरेपछि माओवादीले अमिक शेरचनको नेतृत्वमा नवराज सुवेदी र लोकेन्द्र विष्ट सदस्य रहेको आयोग बनाएको थियो ।

म्याद थपिएपछि अब पार्टी कार्यालयमा विहान १० देखि पाँच बजेसम्म वा आयोगका सदस्य र संयोजकलाई खामबन्दी गरेर २५ गतेसम्म उजुरी गर्न सकिने आयोगका सदस्य नवराज सुवेदीले जानकारी दिए । आयोगले अहिलेसम्म सबै केन्द्रीय सदस्यसहित अध्यक्षसम्मको सम्पत्ति विवरण संकलन गरिसकेको बताइएको छ भने आफ्नो नाम र उजुरी हाल्न लागिएको नेताको नाम गोप्य राखिने यसअघि नै स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार