सातै प्रदेशमा पेट्रोल पम्प खोल्दै आयल निगम

१७ बैशाख २०७६, मंगलवार १२:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ बैशाख । सरकारले सात वटै प्रदेशमा पेट्रोल पम्प निर्माणका लागि आवेदन माग गरेको छ । नेपाल आयल निगमले सुचना जारी गरी सातै प्रदेशमा पेट्रोल पम्प स्थापनाका लागि आवेदन खुलाएको हो ।

निगमले पेट्रोलपम्प निर्माण गर्न आवश्यक कागजात तथा जग्गाको सिमानाको विवरण पेश गर्नुपर्ने जनाएको छ । निगमले जारी गरेको सुचनामा पेट्रोलपम्प स्थापना गर्न चाहने विक्रेताले विक्री स्थलको चारैकुना स्पष्ट खुल्ने गरी नक्सा तथा ब्लुप्रीन्ट, कित्ता समेत उपलब्ध गराउनुपर्ने उल्लेख छ । जग्गाको वास्तविक लम्बाई तथा चौडाईको विस्तृत विवरण समेत बुझाउनुपर्ने छ ।

आवेदन दिने विक्रेताले निवेदन शुल्क ५० हजार रुपैयाँ समेत बुझाउनु पर्नेछ । सातै प्रदेशमा आफ्नै ग्याँस प्लान्ट स्थापना गर्ने सरकारी घोषणा पश्चात निगमले पेट्रोलपम्प संचालनमा ल्याउने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको