निजी विद्यालयले पनि निशुल्क पठाउनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दायर

१७ बैशाख २०७६, मंगलवार ११:२२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ बैशाख । सरकारले निजी विद्यालयको शुल्क तोक्नु गैरकानुनी भन्दै सर्वोच्चमा रिट दायर भएको छ । संविधानले आधारभूत तहसम्मकोे शिक्षा निशुल्क र अनिवार्य भनी मौलिक हकमै व्यवस्था गरेपनि सरकारी निकायले निजी विद्यालयको शुल्क तोकेको भन्दै सर्वोच्च अदालतमा रीट दायर भएको हो ।

काठमाडौं महानगरपालिकाले केही दिनअघि निजी विद्यालयलाई अघिल्लै वर्षको शुल्क कार्यान्वयन गर्न निर्देशन दिने गरी पत्र लेखेको भन्दै नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले रीट दायर गरेका हुन् । काठमाडौं महानगरपालिका शिक्षा समितिको गत वैशाख ११ गतेको बैठकले संस्थागत विद्यालयको नयाँ शुल्क नतोकेको भन्दै पुरानै शुल्क नबढ्ने गरी विद्यार्थी भर्ना गर्न गराउन सूचित गरेको थियो ।

महानगरपालिकाको यो निर्णयविरुद्ध काफ्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाई सर्वोच्चमा रीट दायर गरेका छन् ।

रीटमा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निजी विद्यालयले शुल्क लिन नपाउने गरी अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । शुल्क लिँदा संविधानप्रदत्त नेपाली नागरिकको निशुल्क शिक्षा पाउने हकबाट विमुख हुनेभन्दै उनले काठमाडौंका निजी विद्यालयले शुल्क लिन नपाउने गरी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

संविधानले निजी र सामुदायिक विद्यालय भनी विभेद नगरी निरपेक्ष रुपमा आधारभूत तहको अनिवार्य र निशुल्क शिक्षा पाउने हक प्रदान गरेकाले मौलिक हकमाथि नै बन्देज लगाउने शिक्षा ऐन २०२८ को दफा १६घ (१) (५) र काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को दफा ४० (१) (९) को व्यवस्था बदर घोषित गर्न पनि रिट निवेदनामा माग गरिएको छ । रिटको पेशी बैशाख २० गते तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला