चुनावको मिति सार्ने विषयमा छलफल गर्न सरकारद्धार समिति गठन

१७ श्रावण २०६९, बुधबार २२:०३ मा प्रकाशित

काठमाडौं, १७ साउन । निर्वाचन आयोगले सात मंसिरमा तोकिएको संविधान सभाको चुनाव गर्न नसक्ने घोषणा गरेपछि दलहरुसंगको सल्लाहाका आधारमा चुनावको नयॉ तिथी तय गर्नका लागि सरकारले वार्ता टोली गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबार बुधबार सॉझ बसेको बैठकले चुनवालको नयॉ मिति तया गर्न उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिका सदस्यामा भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी र पर्यटन मन्त्री पोस्टबहादुर बोगटी रहेका छन् ।
समितिले चुनावको नयॉ मिति तय गर्न गठित समितिले विहीबारबाटै दलहरुबीच सम्बाद थाल्न पनि बैठकले निर्देशन दिएको छ । मन्त्रीपरिषद बैठकमा दलहरुबीच छलफलबाट मात्र चुनावको नयॉ मिति घोषणा गर्ने वा त्यतिबै गर्ने भन्ने विषयमा समेत गम्भिर छलफल भएको थियो । दलहरुबीच छलफल नगरी चुनावको मिति तय गर्दा दलहरुले फेरी बखेडा झिक्न सक्ने भएका छलफलका लागि वार्ता समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारदे सात मंसिरमै चुनाव गर्ने भन्दै निर्वाचन सम्वन्धि दुई अध्यदेश मसेत पारि गरेको थियो । सरकारले सो अध्यदेश पारितका लागि राष्ट्रपति समक्ष सिफारि गरी सकेका छन् । तर, राष्ट्रपतिले दलहरुसंग आवश्यक परामर्श गरे मात्र अध्यदेशका बारेमा निर्णय गर्ने भन्दै त्यतिकै थन्काएका छन् ।
यता, सरकारले चुनावको मिति सार्वजनीक गरे पनि कांग्रेस एमाले लगाएतका राजनीतिक दलहरुले कामचलाउ सरकारको असंबैधानिक तरिकाबाट चुनाव घोषणा गरेका जिकीर गर्दै सात मंसिरमा चुनाव हुने नसक्ने बताउ‘दै आएका थिए । उनीहरुले राष्ट्रिय सहमतिको सरकारले मात्र चुनावनको मिति घोषा गर्ने सक्ने र त्यसरी घोषणा गरि मात्र नयॉ चुनाव गर्न सकिने बताएका थिए । उनीहरुले त्यसका लागि भट्टराई नेतृत्वको सरकारलाई राजीनामा दिएर सहमतिय सरकार निर्माणका लागि मैदान खालि गर्न दबाब दि‘दै आएका छन् ।
सहकारी तथा गरिबी निवारण मन्त्रीको एकनाथ ढकालका अनुसार मन्त्रीपरिषद बैठकले प्रधानसेनापति छत्रमान सिंह गुरुङ विदामा स्वीकृत गरेको छ । उनले नियमित अवकाश लिनु अघि २६ साउनबाट बिदा बस्ने निर्णय गरेका थिए । बैठकले गुरुङ बिदामा बस्ने भएपछि सोही दिनदेखि बलाधिकृत गौरवशमशेर राणालाई  कायममुकायम प्रधानसेनापतिको कार्यभार दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय पनि गरेको छ । मन्त्री ठकालका अनुसार सरकारले पाँच सचिवहरुको राजीनामा पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर