नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड

१६ बैशाख २०७६, सोमबार २२:१४ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख । नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो ।

बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर रु नौ अर्ब अर्ब ८१ करोड ११ लाख पुगेको छ । बैंकले सो अवधिमा रु एक खर्ब पाँच अर्ब ६३ करोड निक्षेप सङ्कलन रु ८८ अर्ब १९ करोड १२ लाख ऋण प्रदान गरेको छ ।

विवरण अनुसार बैंकले रु चार अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.३२ प्रतिशत, आधार ब्याजदर ६.९२ रहेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेकोमा चालु आवको सोही अवधिमा भने प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसामा सिमित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको