कालीबहादुर घर्ती मगर ‘हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड बाट सम्मानित

१६ बैशाख २०७६, सोमबार २२:१३ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख । नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरले ‘इन्टरनेशनल हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड पाउनुभएको छ । जर्मनीको म्युनिखमा आइतबार राति भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड प्रदान गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको दोस्रो कार्यकालका लागि विसं २०७४ मा मगर पुनः निर्वाचित हुनुभएको थियो । अवार्ड प्राप्त गरेपछि मगरले पदक सबै नेपाली र मार्सल आर्टका खेलाडीको लागि गौरवको विषय भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पेरिस । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं