सङ्घीय संसद्को चौथो अधिवेशन शुरु

१६ बैशाख २०७६, सोमबार २२:०६ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरुभएको हो । वर्षे अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्दै राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभयो । त्यसपछि सभामुखले नयाँ वर्षको उपलक्ष्यमा शुभकामनासहित सम्पूर्ण सदस्यलाई स्वागत गर्नुभयो । त्यसपछि बैठकमा मुलुकको राजनीतिक परिवर्तनमा योगदान पु¥याउनुभएका ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार