सरकारी जग्गा प्रकरणमा दोषी देखिए कारबाही भोग्न तयार छुः भट्टराई

१६ बैशाख २०७६, सोमबार १८:२० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी जग्गा प्रकरणमा आफु दोषी देखिए कारबाही भोग्न तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै डा भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार रहेको बताएका हुन् ।

डा भट्टराईले आफु बाहेक जो कोहि व्यक्ति पनि यसमा संलग्न भए सजायको भागिदार हुनु पर्ने बताएका हुन् । अहिले सजाय भए भबिष्यमा यस्ता गल्ति नदोहोरिने भन्दै डा भट्टराईले सबैले दण्ड भोग्नु पर्ने बताएका हुन् ।

उनले यस बिषयमा गम्भीरतापूर्वक छानबिन गर्न पनि माग गरेका छन् । उनले भने एक अर्कालाई आरोप प्रत्यारोप गर्ने हो भने यो समस्या बल्झेर आइरहन्छ, यसको गम्भीर छानविन गरौु । उनले ललिता निवासको जग्गाको प्रकरणमा मात्र नभई वाइड बडी प्रकरण, बुढीगण्डकी, तारागाउँ होटलको बिषयमा पनि भ्रष्टाचारको जरासम्म पुगेर छानविन गर्न प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण

काठमाडौँ । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । सोमबार बसेको