क्याप्टेन विजय लामा निलम्बित

१६ बैशाख २०७६, सोमबार १८:१४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ बैशाख । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा परेका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको हो ।

प्रबक्ताको रुपमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। स्पष्टीकरण चित्त बुझ्दो नभए पछि प्राधिकरणले तत्कालको लागि लामालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार लामालाइ प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने निर्णय गरिएको हो। प्रवक्ताले नै एअरलाइन्सको बारेमा निकै नकारात्मक धारणा राखेको र त्यसले यात्रुको सुरक्षामा गम्भीर लापर्वाही गरेको देखिएकोले निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र अन्तर्राष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित नियम सिकाउन समेत प्राधिकरणले नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति