सिन्धुलीमा निर्माणाधिन पुल भत्कियो

१६ बैशाख २०७६, सोमबार १५:२३ मा प्रकाशित

निरोज कुमार थापा, सिन्धुली, १६ बैशाख । सिन्धुलीमा निर्माणाधिन पक्की पुल भत्किएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाउँपालिका–२ ठुलो गर्दुवा खोलामा निर्माणाधीन पुलमा बाढी पसेपछि भत्किएको हो ।

अनक कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेको ६० मिटर लामो पुलको बिच भाग भाँचिएको छ । आयोजनाका साइड इन्चार्ज बसन्त पोखरेलले पुलको सल्याप ढलान गरेर वायर स्ट्रेचिङ गर्ने भईरहेका बेला खोलामा आएको बाढीले पुल भत्काएको जानकारी दिए । १० करोड रुपैयाँ लागतमा निर्माण थालिएको पुल भत्किएपछि ७ करोड रुपैयाँ नोक्सान भएको छ ।

मदन भण्डारी लोकमार्गको हेटौडा–सिन्धुली–चतरा खण्डमा पर्ने खोला तथा नदीहरुमा अनक कन्स्ट्रक्सनले पुल निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको