गृहमन्त्री परिवर्तन भएलगत्तै भारत महाराष्ट्रको पूणेमा लगातार चार बम विष्फोट

१७ श्रावण २०६९, बुधबार २१:५३ मा प्रकाशित

काठमाडौं, १७ साउन । भारतको महाराष्ट्रस्थित पूणे शहरमा सांझ लगातार चारबाटा बम विष्फोट भएको छ । केही बेरअघि करिब पौने आठ बजेको समयमा पूणेको महत्वपूर्ण स्थल बालगन्धर्व थिएटरनजिक पहिलो विष्फोट भएको थियो भने लगत्तै आसपासका क्षेत्रमा अन्य तीनवटा विष्फोटका आवाज सुनिएको थियो । विष्फोटका कारण कोही हताहतीमा परेको खबर प्राप्त नभए पनि लगातार एकपछि अर्को विष्फोटका कारण देशभर त्रास फैलिएकोे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिनरात नाटक प्रदर्शन हुने थिएटर रहेको स्थान हुनाले त्यहां नाटक हेर्ने दर्शकको भीड लागिरहन्छ, तथापि घटनामा एक व्यक्ति घाइते भएको बताइएको छ ।
भारतीय केन्द्रीय मन्त्रमिण्डलमा आजै मात्र गृहमन्त्री फेरबदल गरिएको थियो । पी. चिदम्बरमको स्थानमा सुशीलकुमार सिन्धेलाई आज केन्द्रीय मन्त्रीमण्डलमा गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । आजै सांझ नवनियुक्त गृहमन्त्री सिन्धे पूणेमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो, तर दिउंसै उनले आफू सांझ पूणे पुग्न नसक्ने जानकारी कार्यक्रम आयोजकहरुलाई गराएका थिए । गृहमन्त्री फेरबदल भएलगत्तै सिरियल बम विष्फोट भएबाट बेलाबेलामा आतंककारी हमला झेल्दै आएको भारतभर त्रास फैलिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल