सगरमाथाको पुच्छारदेखी शीरसम्म शवैशव

१६ बैशाख २०७६, सोमबार १३:०९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ बैशाख । सर्वोच्च शिखर सगरमाथामा आरोहणका क्रममा मृत्यु भएकाहरुको शव देखिन थालेको छ । सगरमाथा चढ्दा ज्यान गुमाएकाहरूको शव वर्षौंदेखि त्यही रहेका छन । एक व्यक्ति सगरमाथा चढ्न २० लाख रुपैयाँ लाग्ने गरेको छ । तर, त्यही ज्यान गुमाएमा सो शव ल्याउन त्योभन्दा बढी खर्च लाग्ने गरेको छ । जसका कारण शव ल्याउन कठिनाई हुनेगरेपछि त्यही छाडिने गरेको छ ।

अत्यधिक चिसो हुने गरेका कारण शव नबिग्रने हुँदा कतिपय शवहरू सगरमाथामै रहेका छन् । शवहरू ल्याउन सरकारले यसवर्ष अभियाननै संचालन गरेको छ । पर्यटन विभागले स्थानीय तहसँगै निजी क्षेत्रसँगको सहकार्यमा सगरमाथामा रहेका शव ल्याउन पहल सुरु गरेको हो । वैशाख १ गते लुक्लाबाट सुरु भएको सरसफाई अभियान सगरमाथा आधारशिविर हुँदै सगरमाथाको शिखरसम्म नै पुग्ने र सगरमाथामा भेटिएका शवहरू संकलन गरेर व्यवस्थापन गरिँदै छ ।

अभियान अन्तर्गत बेसक्याम्पको सफाइका क्रममा चारवटा शव फेला परेको छ । बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म चारवटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । अभियान अन्तर्गत हालसम्म तीन हजार किलोग्राम फोहोर संकलन गरिएको र त्यसमध्ये करिब एक हजार किलोग्राम फोहोर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको पनि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

सगरमाथा आरोहणका क्रममा बाटो आसपासमै शव देखिने सगरमाथा आरोहीहरू समेत बताउँछन् । सगरमाथा क्षेत्रमा सन् २०११ देखि नै सरसफाइ अभियान चलाएका सगरमाथा आरोही पिके शेर्पा भन्छन्, ‘बाटोमा पनि शव देखिन्छ, केही सडेर टुक्रा छन, हिउँमा परेकाहरू सग्लै हुन्छन् ।’ उनीसहितको टोलीले सगरमाथाबाट पाँचवटा शव ल्याएर व्यवस्थापन गरिसकेको छ । धेरै पटक सगरमाथा चढेको रेकर्ड बनाएका कामीरिता शेर्पा पनि बाटोमा पुराना शव देखिने बताउँछन् ।

फेला परेका शवहरू निकै वर्ष पुराना हुन सक्ने बताइएको छ । पछिल्लो समय तालिमप्राप्त आरोही तथा आरोहण सहयोगी, उपकरण, कपडालगायतको व्यवस्थाका कारण ज्यान गुमाउनेहरूको संख्या कमी आएको छ । धेरै वर्ष पहिले उपकरणको अभाव र उपकरणहरू अनुकूल नबन्दा शव ल्याउन नसकेको र उतै छाडेको आरोहीहरू बताउँछन् ।

हिउँमा मानिस मरेपछि चिसोले निकै भारी हुने शव संकलनमा सहभागी भएकाहरू बताउँछन् । एउटा शव झिक्न तालिमप्राप्त मानिस र उपकरण दुवै चाहिने र चुनौतीपूर्ण हुने भएकोले महँगो हुन्छ । एउटा शव झिक्न शव रहेको स्थानको प्रकृति हेरेर ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च लाग्ने पर्यटन विभागका महानिर्देशक घिमिरे बताउँछन् । यही कारण धेरै शव खर्च अभावका पनि उतै रोकिन्छन् । अर्को कुरा मौसमले पनि साथ दिंदैन ।

आरोहण चलिरहेकै बेला मौसममा खराबी हुन सक्छ त्यसैले चुनौती मोलेर जान सकिंदैन । अनि कतिपय शवहरू हिउँमा पुरिन्छन् वा खोंचमा खसेर हराउँछन् । अहिले देखिएका धेरैजसो पूरा शवहरू हिउँमा पुरिएका र अहिले हिउँ पग्लिएर सतहमा आएका आरोहीहरू बताउँछन् । यही कारण सगरमाथाबाट शव ल्याउन कठिन हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ