साइकललाई ठक्कर दिएर भागेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१६ बैशाख २०७६, सोमबार १२:२७ मा प्रकाशित

सर्लाही, १६ बैशाख । साइकल यात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ । दुर्घटनामा परी मोटरसाइकल चालक सर्लाही हरिवन नगरपालिका–१०, सुखेपोखरी निवासी ३८ वर्षीय राजेश श्रेष्ठको मृत्यु भएको छ । साइकललाई ठक्कर दिएर भाग्ने क्रममा मोटरसाइकल दुर्घटना भएको बताइएको छ ।

आइतबार राती १० बजे हरिवन ११ स्थित बासाटोलमा श्रेष्ठले चलाइरहेको बा २९ प ८३१८ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पल्टदा उनी गम्भीर घाइते भएका थिए । श्रेष्ठलाई तत्काल उपचारका लागि नमूना अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

अत्याधिक मदिरा सेवन गरेका श्रेष्ठले पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरमा साइकलयात्रीलाई ठक्कर दिएको र भाग्ने क्रममा तीव्रगतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१