श्रीलङ्का आक्रमण : प्राय स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी

१५ बैशाख २०७६, आईतवार २२:५२ मा प्रकाशित

कोलम्बो, श्रीलङ्का, १५ वैशाख (एएफपी) । श्रीलङ्कामा गत आइतबार भएको आत्मघाती आक्रमणमा सम्लग्न अतिवादी स्लामिक समूहका सदस्यहरू मारिएका तथा पक्राउ परेका र मुलुकको अवस्था सामान्य बनिसकेको प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबार बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “आगामी दिनमा यस किसिमका घटना हुन नदिन पूर्व सावधानीस्वरूप स्लामिक अतिवादी समूहविरूद्ध सरकारले कडा कानूनी व्यवस्था गर्ने योजना ल्याएको छ । श्रीलङ्कामा गैरकानूनी रूपमा काम गर्दै आएका विदेशी क्रिश्चियन धार्मिक नेतालाई पनि फिर्ता गरिने छ ।”

प्रधानमन्त्री विक्रमासिङ्गेले आइतबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “गत साता २५३ जनाको ज्यान जानेगरी भएको आत्मघाती आक्रमण एउटा सानो तर सुसङ्गठित समूहले गराएको अनुसन्धानबाट थाहा भैसकेको छ ।”

“आक्रमणमा सम्लग्न अधिकांशलाई सरकारले पक्राउ गरिसकेको छ भने केही मारिएका छन्,” उहाँले भन्नुभयो ।

“अब देशको सुरक्षास्थिति सामान्य बनिसकेको छ ।सबै मिलेर सम्पूर्ण समुदायको जनजीवनलाई सामान्य बनाउन काम गर्नुपर्छ ।”

तीन गिर्जाघर तथा तीन होटेललाई लक्षित गरी गत हप्ता भएका आक्रमणमा ४० विदेशी पाहुनासहित २५३ जनाको मृत्यु भएको सरकारको तथ्याङ्क छ ।
आक्रमणपछि करिब १०० जनालाई पक्राउ गरिएको छ । अधिकारीका अनुसार श्रीलङ्कामा स्लामिक स्टेट समूहका करिब १४० अनुयायी रहेका छन् ।
सरकारले शनिकबारदेखि लागु हुनेगरी आपतकालीन कानूनी व्यवस्थामार्फत गत हप्ताको आक्रमणहरूमा सम्लग्न रहेको भनिएको अतिवादी स्लामिक समूह नेशनल तोहित जमात (एनटिजे) समूहमाथि रोक लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको