आयोजक समिति सदस्य मनोनित गर्न गुटगत नाम

१७ श्रावण २०६९, बुधबार २०:४६ मा प्रकाशित

काठमाडौं, १७ साउन । एकिकृत माओवादीले महाधिवेशन आयोजक समिति १ सय ७५ सदस्यीय बनाउने भएको छ । बुधबार बसेको आयोजक समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ७१ नयाँ सदस्य मनोनित गर्न प्रस्ताव गरेका छन ।
अध्यक्ष दाहालले प्रस्ताव गरेका नामहरु समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन । उनीहरुले विस्तारित बैठकको निर्देश अनुसार महिला, मुस्लिम, दलित, पिछिडिएको क्षेत्रलाई समेट्ने गरी मनोनित गर्ने सदस्यहरु नाम ल्याउन नेतृत्वलाई सुझाव दिएका छन ।
आयोजक समिति सदस्य स्वनाम साथीका अनुसार बिहिबार बस्ने बैठकले मनोनित गर्ने सदस्यहरुको नाम टुङ्गो लगाउने छ । ‘आयोजक समिति १ सय ७५ सदस्यीय पु¥याउने गरि अध्यक्षले नामहरु प्रस्ताव गर्नुभएको छ । भोली(बिहिबार) बस्ने बैठकले टुङ्गो लगाउंछ’, उनले भने । बैठकमा अध्यक्ष दाहालको प्रस्तावमाथि सदस्यहरुले बोल्दै समावेशी बनाउन माग गरेका छन ।
तत्कालिन उपाध्यक्ष मोहन वैद्यले पार्टी विभाजन गरेपछि अहिले एमाओवादीको महाधिवेशन आयोजक समिति १ सय ४ सदस्यीय रहेको छ । वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीमा ४४ केन्द्रीय सदस्य गएका थिए । समावेशी ढंगले ७१ जना सदस्य मनोनित गरेर आयोजक समिति १ सय ७५ पु¥याउने अध्यक्ष्ँ दाहालको प्रस्ताव छ ।
स्रोतका अनुसार दाहालले प्रस्ताव गरेका नामहरुमा केही सल्लाहकार सदस्य र राज्य समितिका अगुवा नेताहरुको नाम रहेको छ । स्रोतका अनुसार अध्यक्ष दाहाल र उपाध्यक्षद्वय डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आफु निकट ब्यक्तिहरुलाई मनोनित गर्न प्रस्ताव गरेका छन । बिहान दाहाल निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकमा मनोनीत गर्ने नामबारे उनीहरुबीच विवाद नै भएको थियो । स्रोतका अनुसार आयोजक समितिमा मनोनयनकालागि करिब साढे तीन सय जनाको हेडक्वाटरमा आएको श्रोतको दाबी छ ।
यसैबीच, एमाओवादीको सम्पत्ति छानबिन आयोगले उजुरीका लागि समय थपेको छ । १७ साउनसम्म दिइएको समय थपेर २५ साउनसम्म पु¥याइएको छ । यसअघि आयोगले नाम सहितका उजुरी दिन भन्दै एक साता लामो म्याद सहितको सूचना जारी गरेको थियो । यसअघि मंगलबार मात्रै आयोगले बेनामी उजुरी पनि लिने जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।