काँग्रेस तत्काल महाधिवेशनमा जान आवश्यक

१५ बैशाख २०७६, आईतवार २२:२८ मा प्रकाशित

जीतपुर, १५ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको तत्काल महाधिवेशन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–४ जीतपुरमा भएको कार्यक्रममा उहाँले काङ्ग्रेस केन्द्र र प्रदेश कहीँ पनि सत्तामा नरहेकाले महाधिवेशन गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्वारा आयोजित कार्यक्रममा नेता कोइरालाले सरकार असफल भएको अरोप लगाउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, पूर्वराजदूत दीपकुमार उपाध्याय र सांसद अभिशेक प्रताप शाहले सरकारलाई जनताले नरुचाएको र काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाउनुभयो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पूर्वपार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेशसभा सदस्य रिना नेपाल, नेपाल विद्यार्थी सङ्घ क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार