आईपीएलः दिल्लीद्धारा बेंग्लोरलाई १ सय ८८ रनको लक्ष्य

१५ बैशाख २०७६, आईतवार १८:२६ मा प्रकाशित

दिल्ली, १५ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको हो ।

दिल्लीका लागि शिखर धावन र कप्तान श्रेयश अयरले अर्धशतक पारी खेले । शिखरले ५० रन बनाउँदा अयरले ५२ रन बनाए । त्यस्तै शरफेन रदरफोर्डले अविजित २८ र पृथ्वी शले १८ रनको योगदान दिए ।

बेंग्लोरका लागि युजवेन्द्र चाहलले २ र उमेश यादव, वासिङटन सुन्दर र नभदीप सैनीले समान १÷१ विकेट लिए । राति सवा आठ बजे सुरु हुने दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्स र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

आजको प्रमुख समाचार