इन्डोनेशियामा निर्वाचनको मतगणनामा गरिरहेका २७० भन्दा कर्मचारीको मृत्यु

१५ बैशाख २०७६, आईतवार १८:२१ मा प्रकाशित

बिबिसी, काठमाडौँ, १५ बैशाख । इन्डोनेशियामा निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ । तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए ।

निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोका अनुसार अरू १८ सय ७८ कर्मचारी बिरामी परेका थिए । एप्रिल १७ मा भएको निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न झन्डै ७० लाख व्यक्ति खटिएका थिए ।

उखरमाउलो गर्मी भएका बेला कर्मचारीहरूले राति पनि काम गर्नु परेको थियो । त्यसले धेरैलाई अस्वस्थ बनाएको अधिकारीहरुले बताएका छन् । झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा खर्च जोगाउन केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो ।

त्यहाँ १९ करोड ३० लाख मतदाता थिए । आठ लाख मतदान केन्द्र रहेको इन्डोनेशियामा योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए ।

अधिकांश पीडितहरू अस्थायी कर्मचारी भएको बताइएको छ । काममा खटिनुअघि स्थायी कर्मचारीको जस्तो उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन ।

निर्वाचन आयोगका प्रवक्ताका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो । आयोगले प्रत्येक मृतकको परिवारलाई तीन करोड ६० लाख रुपियाँ अर्थात् २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ । त्यो रकम एक कर्मचारीको एक वर्ष बराबरको न्यूनतम तलब हुन्छ ।

राष्ट्रपति जोजो विदोदो र विपक्षी नेता प्रबोवो सुबियान्तो दुवैले निर्वाचन आफूले जितेको दाबी गरेका छन् । तर प्रारम्भिक गणनामा विदोदो अगाडी छन् । निर्वाचन आयोगले मतगणना सकिएपछि परिणाम मे २२ मा घोषणा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

आजको प्रमुख समाचार