‘भ्रमण वर्ष २०२०’ को ‘स्टिकर’ सार्वजनिक

१५ बैशाख २०७६, आईतवार १८:०२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ बैशाख । ‘नेपाल भ्रमण वर्ष २०२०’ को आधिकारिक ‘स्टिकर’ सार्वजनिक भएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षको लोगोसहितको ‘स्टिकर’ सार्वजनिक गरिएको हो ।

पर्यटन बोर्डमा पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले स्टिकर पर्यटक बसमा टासेर औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । नेपाल पर्यटक यातायात व्यवसायी संघ, पर्यटक ट्याक्सी व्यवसायी सङ्घ तथा पर्यटन क्षेत्रका विभिन्न संगठनका प्रतिनिधिलाई स्टिकर प्रदान गरिएको छ । सबै सार्वजनिक बसमा स्टिकर टाँसिने जनाईएको छ ।

नेपाल भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिले ‘समृद्ध नेपाल बनाऔँ, विश्वमा नेपाल चिनाऔँ’ तथा ‘गरौ तयारी धुमधाम, पाहुनालाई गराऔँ घुमघाम’ भन्ने नारासहित स्टीकर तय गरेको छ । भ्रमण वर्षको लोगो तथा मूल नारा भिजिट नेपाल ‘लाईफ टाइम्स एक्सपेरियन्स’ यसअघि नै सार्वजनिक भइसकेको थियो । मूल नारामा थप दुई नारा थपेर लोगोसहितको स्टिकर बनाइएको हो ।

भ्रमण वर्षको पूर्व सुरुवात ‘सफ्ट लञ्चिङ’ गत चैत ३० गते पोखराबाट गरिएको थियो भने औपचारिक सुरुवात २०१९ को डिसेम्बर अन्तिम दिन गरिने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी