रामेछापमा बसबाट खसेर एक जनाको मृत्यु

१५ बैशाख २०७६, आईतवार १६:५८ मा प्रकाशित

निरोज कुमार थापा, रामेछाप, १५ बैशाख । रामेछापमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । दोलखाबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ३२६१ नम्वरको बसको ढोकाबाट खस्दा मन्थली नगरपालिका २ की सुमित्रा कार्कीको मृत्यु भएको हो । ढोकाबाट खसेकी उनलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो ।

घटनास्थलमा गम्भिर घाइते भएकी उनलाई मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काभ्रेको धुलीखेल तर्फ ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी सोही स्थानकी अन्दाजी १६ बर्षिय मनिषा कार्कीको भने धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका