नेपाल वायु सेवाको जापान उडान निश्चित

१५ बैशाख २०७६, आईतवार १५:०७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ बैशाख । नेपाल वायुसेवा निगमले जापानको ओशाका उडान भर्ने निश्चित भएको छ । जापान सिभिल एभिएसन ब्यूरोबाट उडान अनुमति प्रमाणपत्र प्राप्त गरेपछि निगमले वाइडबडी विमानबाट जापान उडान सुरु गर्ने भएको हो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार वाइडबडी विमानबाट सातामा तीनओटा सीधा उडान गर्ने तयारी भइरहेको छ । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भने एओसी पाइसकेको छ । केही समयपछि जापानकै नारिता विमानस्थलमा पनि सीधा उडान गर्ने तयारी भइरहेको खरेलले जानकारी दिए । त्यसपछि काठमाडौं–ओशाका दुई र काठमाडौं–नारिता दुई गरी सातामा चारओटा उडान गरिने उनले बताए । काठमाडौं–ओशाका उडान समय करीब आठ घण्टाको हुनेछ । ओशाकाका लागि निगमले कर्मचारी खटाइसकेको छ ।

‘अन्तरराष्ट्रिय उड्डयन संगठन (आईकाओ)को सेफ्टी लिस्टबाट नेपाल हट्दा पनि यूरोपियन यूनियनले कालोसूचीमा राखिरहेको छ । जापान उड्नासाथ अन्य देशहरूमा जान पनि यसले सकारात्मक सन्देश प्रवाह गर्ने निगमको विश्वास छ,’ खरेलले भने ।

अहिले निगमको अन्तरराष्ट्रिय बजार हिस्सा करीब १२ प्रतिशत छ । जापान उडान शुरू गरेपछि बजार हिस्सा करीब १८ प्रतिशत पुग्ने निगमको अनुमान छ । नेपाल र जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदाबाहेकका सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड