हुम्लामा रुघाखोकीले नौ जनाको मृत्यु

१५ बैशाख २०७६, आईतवार १४:१५ मा प्रकाशित

सुर्खेत, १५ बैशाख । हुम्लाको ताजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोपले नौ जनाको मृत्यु भएको छ । एक्कासी फैलिएको प्रकोपले नौ जनाको मृत्यु भएपछि हेलिकोप्टरमा चिकित्सक टोली गाउँ पुगेको छ ।

रुघाखोकीबाट दुई सय भन्दा बढी बिरामी छन् । सेनाको हेलिकोप्टरमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याव असिस्टेन्ट धर्म अधिकारीसहितको टोली आवश्यक औषधी र नमूना संकलन गर्ने आवश्यक समाग्रीहरु सहित प्रभावित स्थलमा पुगेको छ ।

प्रभावित क्षेत्र सदरमुकामबाट चार दिन टाढा पैदल हिँडेर पुग्न सकिने भएकाले प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र कर्णाली प्रदेशका सामाजिक विकसमन्त्री दल रावलले हेलिकोप्टरका लागि गृहमन्त्रालयमा पहल गरेका थिए ।

कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले सुर्खेतबाट हेलिकोप्टरमा डाक्टर औषधी पठाइसकेको बताए । उनले थप औषधि पठाइने समेत जानकारी दिए । मुगुको रातापानीबाट डा। नन्द तिमिल्सेनाको टोली समेत रोग प्रभावित क्षेत्र ताजाकोट पठाइएको शाहीले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार