निष्ठावान उम्मेद्वारले चुनाव जित्ने वाताबरण बनाउँछुः आयुक्त थपलिया

१५ बैशाख २०७६, आईतवार १३:०६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचन ‘मनि’ ले नभई ‘माइन्ड’ ले जित्ने वातारबण बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

विद्यानगर सेवा समाजले गरेको अभिनन्दन स्वीकार गर्दै थपलियाले पैसा भएकाले चुनाव जित्ने तर इमान्दारिता र निष्ठावाला उम्मेदवारले पैसा नभएकै कारण चुनाव हार्ने प्रवृतिको अन्त्य गर्नेतर्फ आफु केन्द्रित हुने बताए ।उनले निर्वाचनमा तलमाथि भएको ठाउँमा भ्रष्टाचारको मात्रा बढ्ने भएकाले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउने आफनो प्रयत्न रहने बताए ।

पूर्व नायव महान्याधिवक्ता सूर्यप्रसाद कोइरालाले थपलियाको क्षमताको प्रशंसा गर्दै राम्रो मान्छेलाई ठूलो जिम्मेवारी आउने भएकाले सफलतापूवर्क जिम्मेवारी बहन गर्न शुभकामना दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट