शंकास्पद आक्रमणकारीसहित श्रीलङ्कामा पन्ध जना मारिए

१४ बैशाख २०७६, शनिबार २३:२९ मा प्रकाशित

कोलम्बो, १४ वैशाख (एएफपी) । सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन् ।
सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छ जना बालबालिका र तीन जना महिला समेत रहेका छन् ।
शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले घेराहालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।

“देशको पूर्वी ठाउँ काल्मुनाइमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि रहेका छन् । उनीहरुले आत्मघाती विस्फोट गराएका प्रहरीद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
घटनास्थलबाट प्रहरीले शनिबार विहानै शव उठाएको छ । उनीहरुले खोजी अभियान पनि जारी राखेका छन् ।
झण्डै २५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडी तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेबारी लिएपछि उनीहरु विरुद्ध सरकारी सुरक्षाकर्मीहरुले खोजी तथा कारबाही अभियान तिव्र पारेका छन् ।

श्रीलङ्काको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सुरक्षा कारबाहीका क्रममा अहिले सम्म सुरक्षाकर्मी तर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ ।
घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरु नै दोषी रहेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको

खार्तुम । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर

काठमाडाैँ । आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

आजको प्रमुख समाचार