बाबुरामले सरकार छोड्नुको विकल्प छैन : नेपाल

१७ श्रावण २०६९, बुधबार १६:३४ मा प्रकाशित

भक्तपुर, १७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले सहज रुपमा सत्ता नछाडे आन्दोलनको आँधी बेहेरी सृजना गर्ने चेतावनी दिएका छन् । भक्तपुरमा आज आयोजित एक कार्यक्रममा भने, ‘त्यसैले भट्टराईले आफ्नो इज्जत जोगाउनका लागि भए पनि सरकारको नेतृत्व छोडे राम्रो हुन्छ ।’
नेता नेपालले बाबुराम भट्टराईले अध्यादेशबाट देश चलाउने सोच गरे त्यो माओवादीका साथै देशलाई नै घातक हुने चेतावनी दिए । यतिबेला माओवादी अध्यक्ष र प्रधानमन्त्री भट्टराईको बोलीमा लोकतन्त्रको वकालत गरिए पनि व्यवहार र रणनीतिमा लोकतन्त्रलाई समाप्त पार्नमा लागिपरेको उनको आरोप लगाए। माओवादीले लोकतन्त्रको मूल्य र मान्यतालाई छाडिसकेकाले लोकतन्त्रको आडमा बनेको वर्तमान सरकारमा बस्ने नैतिक आधार पनि माओवादीले गुमाइसकेको भन्दै भट्टराराईले सरकारमा बसिरहनु नैतिक आधार नभएको  तर्क नेपालको थियो।
प्रधानमन्त्रीले कार्यकारी अधिकार प्रयोग गर्ने नाममा असंवैधानिक कदम चाल्दै गए त्यसका लागि प्रतिपक्ष दल चुप लागेर नबस्ने भन्दै उनले तत्काल प्रधानमन्त्री भट्टराईले सरकार छाडेमा माओवादीकै इज्जत जोगिने बताए। माओवादी धेरै महत्वाकांक्षी भएकाले समायोजनमा जान चाहेको लडाकुहरु पनि अवकासमा नै जान चाहेको चर्चा गर्दै नेपालले भने, ‘माओवादी चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी।’

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही