अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च सम्पन्न

१४ बैशाख २०७६, शनिबार २३:१८ मा प्रकाशित

सुरेन्द्रबहादुर नेपाली, बेइजिङ, १४ वैशाख । ‘अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ विकास नीति सहकार्य तथा आधारभूत सञ्जाल सबलीकरण गर्ने, दिगो विकास प्रवद्र्धन गर्ने, व्यवहारिक सहयोग बलियो बनाउने, जनताबीच आदानप्रदान अगाडि बढाउने र अघि बढ्ने मार्गसहितको ३८ बुँदे संयुक्त विज्ञप्ति प्रकाशन गर्दै आज यहाँ सम्पन्न भएको छ ।

सम्मेलनको अन्त्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा जुटेका सहमतिबारे पत्रकारलाई जानकारी दिनुभयो । सम्मेलनमा रशियाली राष्ट्रपति भ्लादिमिर पुटिनसहित ३८ सरकार तथा राष्ट्रप्रमुखले भाग लिनुभएको थियो भने संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेज तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापन निर्देशक क्रिस्टिन लेगार्ड पनि सहभागी हुनुहुन्थ्यो ।

‘उज्ज्वल साझेदारीयुक्त भविष्यका लागि क्षेत्र तथा मार्ग सहयोग’ मुख्य विषय रहेको यस मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उच्चस्तरीय बैठक तथा गोलमेच बैठकमा सहभागी बैठकहरुलाई सम्बोधन गर्नुभएको थियो । मञ्चमा वृद्धिका नयाँ स्रोत खोजी गर्न सञ्जालको सबलीकरण, संयुक्त राष्ट्र सङ्घको २०३० को एजेण्डा कार्यान्वयन गर्न पर्यावरण प्रवद्र्धन तथा दिगो विकास तथा सहभागितामूलक नीति सबलीकरण तथा नजिकको साझेदारी विकासका विषयमा गोलमेच बैठक आयोजना गरिएको थियो । गोलमेच बैठकमा चिनियाँ राष्ट्रपति चिनफिङ आफैँले अध्यक्षता गर्नुभएको थियो । यस भेलामा व्यापारिक प्रमुख कार्यकारी अधिकारीको सम्मेलनसमेत आयोजना भएको थियो ।
रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले