हङकङलाई हराउँदै नेपाल एसीसी यु–१६ क्रिकेटको फाइल

१४ बैशाख २०७६, शनिबार १७:०२ मा प्रकाशित

१४ बैशाख । नेपाल एसीसी यु–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार थाइल्याण्डमा भएको खेलमा सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै नेपालले फाइल यात्रा तय गरेको छ ।

हङकङले दिएको ८८ रनको झिनो लक्ष्य २१ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आशिष भट्टराईले सबैभन्दा धेरै १७ रनको योगदान गरे । हङकङका ब्रिजनारायण शिवपुरीले ३, अहन कन्हाई त्रिवेदीले २ र रौनक कपुरले १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको हङकङले आरुष भागवतको एकल प्रदर्शनमा ८७ रन जोडेको थियो । भागवतले ४३ रनको पारी खेल्दा अन्य कुनै ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन् । हङकङले ३२ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको हो ।

नेपालका लागि निखिल सिंहले ४, विशाल पटेल र रमेश कुर्मीले २ तथा तिलक राज भण्डारीले १ विकेट लिए ।

जितसँगै नेपाल समूह एको विजेता बनेको छ । आइतबार हुने फाइनलमा नेपालले समूह बीको विजेता मलेसीयासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार