आर्थिक क्रियाकलापले गति लिन थाल्योः गर्भनर नेपाल

१४ बैशाख २०७६, शनिबार १६:१७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १४ बैशाख । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले त्साहजन आर्थिक परिदृश्य देखिएको बताएका छन् । राष्ट्र बैंकको ६४ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गर्भनर नेपालले मुलुकमा आर्थिक क्रियाकलापले गति लिन थालेको बताएका हुन् ।

उनले कृषि, ऊर्जा, पुनर्निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको बताए । वित्तीय क्षेत्रमा लिएका नीतिगत पहलकदमीको परिणाम स्वरुप वित्तीय पहुँच पनि विस्तार भएको उल्लेख गर्दै उनले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने काम अघि बढेको बताए ।

‘बैक तथा वित्तीय संस्थाहरु आपसमा गाभिएका कारण संस्थात्मक व्यवस्थापनमा सहज भएको छ’, उनले भने, ‘शोधनान्तर स्थितिमा केही दबाब देखिएको भए पनि समष्ठिगत आर्थिक व्यवस्थापन सकारात्मक छ।’ उनले नेप्से सूचांकमा केही उतार चढाव आएपनि चालु आर्थिक वर्षमा पूँजीबजारको गतिविधि स्थायित्वतर्फ उन्मुख भएको दाबी गरे ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत रहेको छ । २०७४ चैतमा यो ५ दशमलव ३ प्रतिशत थियो । त्यसैगरी खाद्य तथ पेय पदार्थ समूहको मुद्रास्फिति २ दशमलब ८ प्रतिशत, गैह खाद्य र सेवा समुहको ५ दशमलव ७ प्रतिशत रहेको छ ।

चैत मसान्तसम्म सरकारको वित्तीय अवस्था १७ अर्ब २९ करोड बचतमा छ । संघीय सरकारको कूल खर्च ५ सय ९६ अर्ब ६२ करोड पुगेको छ भने यसमध्ये चालु खर्च ४ सय ४७ अर्ब ५५ करोड र पूँजीगत खर्च १ सय ३ अर्ब ४९ करोड रहेको छ । प्रदेश तथा स्थानिय तहमा बाँडफाँड हुने समेत गरि राजश्व संकलन १९ दशमलव ५ प्रतिशतले वृद्धि भई ६ सय ४ अर्ब ६० करोड पुगेको छ ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका ८ हजार २ सय ५ वटा शाखा संख्या रहेको र प्रतिशाखाले ३ हजार ५ सय ६० सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता पुगेका छन् । फागुन मसान्तसम्मको तथ्यांक अनुसार २ करोड ५७ लाख निक्षेप खाता रहनुको साथै ७ सय २४ स्थानिय तहमा वाणिज्य बैंकका शाखाहरु पुगेका छन् । फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ९ अर्ब निक्षेप संकलन भएकोमा २ खर्ब ७ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ । पूर्वाधार र भौतिक क्षेत्रमा लगानीको आवश्यकता पूरा गर्ने उद्देश्यले पूर्वाधार बैंक स्थापना गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । संघीयता कार्यान्वनमा सघाउ पु¥याउने उद्देश्यसाथ राष्ट्र बैंकको संस्थागत ढाँचामा परिर्वतन गर्ने क्रममा कर्णाली प्रदेशमा कार्यलय स्थापना गर्ने प्रक्रिया अघि बढाइएको पनि गर्भनर नेपालले जानकारी दिए ।

२०७५/२०७६ को पछिल्लो ८ महिनाको समीक्षामा विस्तृत मुद्रा प्रवाहमा ८ दशमलव ४ प्रतिशत र निक्षेपमा ९ दशमलव ७ प्रतिशत र निजी क्षेत्रमा १४ दशमलव ६ प्रतिशतले कर्जा बढेको छ । पुर्नकर्जा सुविधालाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था गर्दै पुर्नकर्जाको सिमा वृद्धि गरि ५० अर्ब पुर्याईएको छ ।

फागुन मसान्तसम्म पुनर्कर्जाको बक्यौता २४ अर्ब ५२ करोड रहेको छ । राष्ट्र बैंकले घर जग्गाको मूल्यांकनमा भइरहने उतारचढावलाई प्रतिनिधित्व गर्नेगरी घरजग्गा मूल्य सूचांक कार्यान्वयन गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

लमजुङ । विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ । लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो ।

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम