नेपाल कम खुशी हुने देशको छैठौँ नम्बरमा

१४ बैशाख २०७६, शनिबार १५:४० मा प्रकाशित

बिबिसी, काठमाडौँ, १४ बैशाख । नेपालीहरू दैनिकरूपमा कम सकारात्मक अनुभव गर्नेहरू मध्येमा पर्ने एउटा अध्ययनले देखाएको छ । संसारका १४० देशका १ लाख ५० हजार भन्दा बढी मानिसहरूमा गरिएको अध्ययनमा नेपाल कम सकारात्मक अनुभव गर्ने राष्ट्रहरूको सूचीमा छैठौं स्थानमा छ ।

वार्षिक ‘ग्यालप ग्लोबल इमोशन्स रिपोर्ट’ले मानिसहरूलाई सकारात्मक र नकारात्मक अनुभवहरूबारे सोध्ने गर्छ । ग्यालपका अनुसार अफगानिस्तान, बेलारूस, यमन, टर्की र लिथुएनिया सबैभन्दा कम सकारात्मक अनुभव गरिने देशहरू हुन् । दक्षिण एशियाको बांग्लादेश पनि सो सूचीमा आठौं स्थानमा रहेको छ ।

कम सकारात्मक अनुभव हुने देशहरूमा राजनीतिक वा आर्थिक वा अन्य कुनै प्रकारको उथलपुथल भइरहेको अध्ययनमा बताइएको छ ।

एक हजार जनामा अध्ययन

अध्ययनकर्ताहरूले सहभागीको एक दिन अगाडिको अनुभवलाई समेट्ने गरेका छन् । सहभागीहरूलाई के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो ?, के तपाईँलाई सम्मानजनक व्यवहार गरियो ? भन्नेजस्ता प्रश्न गरेर मानिसहरूको दैनिक जीवनको अनुभव बुझ्ने प्रयास गरेका छन् ।

ग्यालपले नेपालमा गत वर्ष जून २२ देखि जुलाई २३ सम्म १,००० जना मानिसहरूसँग प्रत्यक्ष भेटेर नेपाली भाषामा सोधिएको प्रश्नको जवाफको आधारमा सो नतिजा निकालेको हो ।

खुशी कम, तनावग्रस्त धेरै 

विश्वभरिका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको सो अध्ययनले देखाएको छ । उनीहरूमध्ये एक तिहाइले तनावग्रस्त भएको र पाँचमा एकजनाले दुःखी भएको वा रिसाएको बताएका छन् ।

प्रतिवेदनका अनुसार सबैभन्दा नकारात्मक देश चाड र नाइजर हुन् भने सबैभन्दा सकारात्मक देश पाराग्वे हो ।

सकारात्मक अनुभव बढि हुने ५ राष्ट्रहरू

पाराग्वे

पानामा

ग्वाटेमाला

मेक्सिको

एल साल्भाडोर

नकारात्मक अनुभव बढि हुने ५ राष्ट्रहरू

चाड

नाइजर

सियरा लियोगन

इराक

इरान

ल्याटिन अमेरिकी राष्ट्रहरूमा मानिसहरूले धेरै नै सकारात्मक अनुभव हुने बताएका छन् । ग्यालपका अनुसार सो क्षेत्रमा जीवनका सकारात्मक कुराका ध्यान दिने संस्कृतिका कारण यस्तो भएको हो ।

अफ्रिकी राष्ट्र चाडमा भने १० मध्ये सात जनाले गत वर्षमा कुनै बेला खानेकुरा प्राप्त गर्न पनि सङ्घर्ष गर्नुपरेको बताएका छन् । चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन् ।

चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ । ५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ । अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार